Semicolon Developers, Informals

RSS

मैले नेपालीमा type कसरि गरें

cafe बस्दा बस्दै.. (बत्ति हुन्न नि त आजकल) नेपाली मा कसरि लेक्छ मान्छे हरु जस्तो लाइ र थ्यो

त्यो Google Transliterate भन्ने रैछ, http://www.google.com/transliterate एस्मा छ त्यो हेर्दा हुन्छ

यो Google Transliterate को website ले अचम्म काम गर्दो रैछ. त्यो website मा सबैभन्दा देब्रे तिरको सानो बाकस मा “Nepali” भाषा छानेर तल रहेको ठुलो बक्सा मा चाही रोमन नेपाली मा लेख्यो भने unicode nepali मा देखाउछ | अचम्म !!

मैले nepali भनेर लेखे भने nepali unicode मा “नेपाली” देखाई दिदो रैछ |अनि अर्को कुरा, नेपाली युनिकोड मा लेखे पछी चाही internet मा जहाँ जता copy र paste गरे पनि हुने | सिधै फेसबुक मा लगेर टासे पनि हुने, ट्विटर मा ट्वीट गरे पनि हुने

यो website त internet भएको बेला खोलेर लेख्न मिल्ने भयो तर internet नभएको बेला मा पनि नेपाली मा लेख्न चाहिँ Nepali Keyboard, जसले खुरुखुरु नेपाली unicode मा type गर्न मिलोस किनेर ल्याउनु पर्छ, भनेर भन्छु होला भन्ठानेको होला तर तेस्तो केहि गर्न पर्दैन रैछ

तेस्तो Nepali Unicode मा type गर्ने keyboard को साटो एउटा सफ्टवेर हाले हुने रैछ, तेस्लाई IME (Input Method) भन्दा रैछन, यो IME पनि त्यहि अगिको website मा download गर्न मिल्छ | त्यहाँ दाहिने पट्टि “ Download Google Transliteration IME" भनेर लेखेको छ अथवा एस्मा जानुहोला http://www.google.com/ime/transliteration

त्यो download गर्ने ठाउँमा “Choose your IME language” भनेको ठाउँमा “Nepali” छानेर Download Google IME मा click गर्नुहोला |

त्यो IME download सकिएपछि, अरु सफ्टवेर कम्प्युटर मा हाले जस्तो setup गर्नु, setup गर्ने बेलामा Internet Connection चाहिन्छ | एकछिन मा setup सकिएपछि.. काम तमाम |

तेस्पछी IME setup भयो कि भएन check गर्न keyboard मा Alt + Shift एकै पल्ट दाब्नु , मोनिटर को दाहिने तिर तल सानो Google IME Activate भएको चिन्ह आउछ.. तेस्पछी आफ्नो कम्प्युटर मा जहाँ जे मा पनि नेपाली मा type गर्न सक्नु हुन्छ |

Please,
remember that keyboard combination:

Alt + Shift

to switch between English and Nepali Unicode

यति गर्दा पनि भएन भने, cafe आउनु हामी येही नजिकै हुन्छम

- दाजु

मलाई follow गर्नुस - http://twitter.com/daaju